एक अर्कामा प्रेम गर्छौः सिर्जु अधिकारी


एक अर्कामा प्रेम गर्छौः सिर्जु अधिकारी

नेपालगन्ज : आज भ्यालेन्टाईन डे विश्वभरि नै मनाइंदैछ । युवा युवती माझ लोकप्रिय भ्यालेन्टाईन डेमा एकापसमा पे्रम साटासाट गर्दै यो दिवस मनाउने गरिन्छ । यस दिन आफुलाई मन परेका ब्यक्तिलाई रातो गुलाब दिने चलन छ । भ्यालेन्टाईन डे मनाउने पश्चिमा संस्कृति भए पनि नेपालमा यसप्रतिको आकर्षण केही बर्ष यता ह्वात्तै बढ्दै गएको छ । युवा युवतीले यस अवसरमा विभिन्न प्रतियोगितासमेत गर्छन् ।


नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी गायिका तथा मोडल सिर्जु अधिकारीले भ्यालेन्टाइनको दिनमा प्रेमी प्रेमिकामा केटा र केटीको माया मात्र नभएर केटीकेटीमा माया पनि साट्न सकिने बताइन् । उनले माया गर्ने जोकोहिले एक अर्कामा सेलिब्रेट गर्न सक्ने धारणा राख्छिन् । ‘आजको दिन माया गर्नेहरुको दिन हो, त्यसैले केटा र केटी होस् या केटी केटी होस् अथवा केटा केटा नै होस्, एक अर्कामा माया गर्छन् भने साटासाट गर्न सकिन्छ ।’ सिर्जुले आफ्नो धारणा राखिन् ।

Kids Festival 2022
kanti aarogya hospital

तपाईको प्रेमी हुनुहुन्छ कि नाई भन्ने जिज्ञासामा लोकप्रिय गायिका पार्वती कार्कीलाई देखाउँदै आफूहरु प्रेममा रहेको भन्दै हाँसिन् । ‘केटीकेटी चाँही प्रेम गर्न हुँदैन र ? हामी बर्षौदेखी प्रेममा छौं, भ्यालेन्टाइन केटाकेटा अथवा केटीकेटीका लागी पनि त होनी हैनर !’ सिर्जुले उल्टै जिज्ञासा राखेकी ‘दर्शक झुक्किनु होला हामी समलिंगी चाँही होइनौं, एकअर्कामा साथीसाथीको प्रेममा छौं’, सिर्जुले हाँस्दै थपिन् ।