खेलाडीलाई राहत प्रदान


खेलाडीलाई राहत प्रदान

नेपालगन्ज : कोरोनाका कारण जारी लकडाउनले समस्यामा परेका खेलाडीलाई बाँके जिल्ला फुटबल संघले राहत वितरण गरेको छ । कोरोनाका कारण समस्यामा परेका खेलाडीलाई थोरै भएपनि सहयोग गर्न राहत वितरण गरिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही बताउँछन् ।

कोरोनाका कारण समस्यामा परेका खेलाडीलाई राहत प्रदान गर्न एन्फाले पठाएको ७५ हजार रुपैँया बाँकेका ४३ जना खेलाडीलाई प्रदान गरिएको छ । उनका अनुसार, एन्फाले पठाएको रकम प्रति खेलाडी एक हजार सात सय ४५ रुपैँयाका दरले वितरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१, स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमी परिसरमा आयोजित कार्यक्रममा खेलाडीलाई राहत वितरण गरिएको थियो ।

प्रदेश सांसद एवं ओलम्पियन सुरेन्द्र हमालले बाँके जिल्ला फुटबल संघको अगुवाईमा बन्दै गरेको फुटबल संरचनाको प्रशंसा गर्दै खेलाडीलाई थोरै भएपनि सहयोग गरेकोमा धन्यवाद दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

खेलाडीलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, गोविन्द श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, लगायतले राहत वितरण गरेका थिए ।