File Photo
नेपालगन्ज : भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापाले कोरोना टेस्ट पीसिआर मेशिनमा कुनै समस्या नआएको बताएका छन् ।
प्रमुख डाक्टर थापाले विभिन्न ठाउँहरुबाट संकलन गरिएका स्वाबको परीक्षण गर्ने काम पीसिआर मेशिनमा भइरहेको जानकारी दिए ।
‘पीसिआर मेशिन चालु छ, स्वाब राखेर कोरोना टेस्ट गर्ने काम पीसिआर मेशिनबाट भइरहेकोछ’ अस्पताल प्रमुख डाक्टर थापाले सेतोखरीसंग कुरा गर्दै भने ‘कोही त्यस्तो भ्रममा नपर्नुहोस् हामीले संकलन गरिएका स्वाबहरुको टेस्ट गर्ने काम गरिरहेकाछौं ।’
आम जनमानसमा भेरी अस्पताल भित्र रहेको पीसिआर मेशिनमा गडबडी आएको भन्ने हल्ला चलेपछि सेतोखरीले राखेको जिज्ञासामा अस्पताल प्रमुख डाक्टर थापाले यस्तो कुरा बताएका हुन् ।
उनले परीक्षण गर्दा–गर्दा लामो समय वितेपछि किटाणुहरु जम्मा हुने भएकाले ती किटाणुहरु मार्नका लागि बेला–बेलामा सरसफाई गर्नुपर्ने भएको जानकारी दिए ।