६ जना डिस्चार्ज


६ जना डिस्चार्ज

File Photo

नेपालगन्ज : बाँकेमा थप ६ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् ।

आदर्शनगर आइसोलेशन केन्द्रबाट खजुराका ४ जना र उपमहानगरपालिकाका १ जना गरी ५ पुरुष डिस्चार्ज भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट खजुराकी १ महिला निको भएर बुधवार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३ सय ७९ पुगेको छ । अब आइसोलेशनमा २६ जना मात्र छन् ।