एनसेलद्वारा अनलाइन कक्षाका लागि विशेष अफर


एनसेलद्वारा अनलाइन कक्षाका लागि विशेष अफर

नेपालगन्ज : एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक÷शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले यस समझदारीअन्तर्गत विशेष मासिक योजना प्रदान गर्दछ । यो योजनामाभ्वाइस, डेटा र एसएमएस सेवाहरू बन्डलसहितको सेवालिन सकिन्छ ।

यस विषेश योजनाअन्तर्गत विद्यार्थीले मासिक २५० (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगकालागि २० जिबी डेटा, १ जिबीथ्रिजी÷फोरजी डेटा, २ जिबीफोरजी डेटा, सीयूजीनम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउँछन् । यसैगरी मासिक ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ ।

समझदारीपछि एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “यस कोभिड–१९ को महामारीले ठूलो चुनौतीसिर्जना गर्नुका साथै कनेक्टिभिटी र टेक्नोलोजीप्रयोग गर्दै अबको ‘न्यु नर्मल’सँग अभ्यस्त हुन अवसर पनिप्रदान गरेको छ । विद्यार्थीहरू भविष्यका कर्णधार हुन् । उनीहरूको अनलाइन शिक्षामा योगदान पुर्याउनका लागि हिसानसँग यो सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं ।”

Kids Festival 2022
kanti aarogya hospital

हिसानकाअध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताए । “विश्वव्यापीमहामारीले शिक्षाक्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सुचारु हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन,”उनले भने, “भर्चुअल कक्षाका लागि कनेन्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ र यस सहकार्यलाई लिएर हामीनिकै खुशी छौं ।”