सरकारी चिकित्सले निजी क्लिनिकमा काम गर्न नपाउने सरकारको निर्णय


सरकारी चिकित्सले निजी क्लिनिकमा काम गर्न नपाउने सरकारको निर्णय

File Photo

नेपालगन्ज : सरकारी स्वास्थ्य अस्पतालमा कार्यरत चिकित्सकहरूले निजी क्लिनिकमा काम गर्न नपाउने सरकारकाले निर्णय गरेकोछ ।

योनिर्णयसगैं अबदेखि सरकारी चिकित्सकहरूले प्राइभेट प्राक्टिस अर्थात् निजी क्लिनिकमा काम गर्न नपाउने भएका छन् ।

सरकारी स्वास्थ्य अस्पतालमा कार्यरत चिकित्सकहरूले आफू कार्यरत दरबन्दी लिएको सरकारी अस्पतालमा भन्दा निजी क्लिनिक तथा निजी अस्पतालमा बढी समय दिन थालेको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले सो निर्णय गर्दै देशभरकार सम्पूर्ण सरकारी अस्पताल तथा प्रतिस्ठानहरूलाई परिपत्रसमेत गरिसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले साउन ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै अबदेखि कुनै पनि सरकारी अस्पताल, प्रतिष्ठानहरूमा कार्यरत रहेका चिकित्सकहरूले निजी प्राक्टिस गर्न नपाउने निर्णय गरेका हुन् ।

मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ, ‘यस मन्त्रालय अन्तर्गतका विभाग, केन्द्र, प्रतिष्ठान र संघ प्रदेश स्थानीय र केन्द्रीय तहका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समेत संस्थाको प्रमुख र कार्यकारी जिम्मेवारी रहेकाहरूले निजी प्राक्टिस नगर्ने र यदि यसभन्दा अगाडि गर्दै आएका पूर्व–स्वीकृत लिएको भए अब सबै स्वतः खारेज हुनेछ ।’

यस्तै, अब सरकारी चिकित्सकहरूले कुनै पनि निजी स्वास्थ्य संस्थामा आफू कार्यरत संस्थाको नाम निजी क्लिनिकमा लेख्न पनि नपाउने निर्णय गरेको छ ।