भेरीमा स्वाब परीक्षण शुरू


भेरीमा स्वाब परीक्षण शुरू

नेपालगन्ज : भेरी अस्पतालमा रहेको प्रयोगशालामा बिहीबारबाट स्वाव परीक्षण प्रक्रिया फेरि सुरू गरिएको छ । आवश्यक रियाजेन्टको अभाव हुँदा केहीदिन यता प्रयोगशालामा स्वाव परीक्षण प्रभावित भएको थियो ।

भेरीको ल्यावमा रियाजेन्ट अभाव भएपछि बाँकेमा संकलन गरिएका स्वावहरु परीक्षणका लागि कर्णाली प्रदेशको सुर्खेतस्थित प्रयोगशालामा पठाइएको थियो । बुधबार काठमाडौंबाट रियाजेन्टको नयाँ ब्याच प्राप्त भएसँगै प्रयोगशालामा देखिएका प्राविधिक समस्या समाधान गरि बिहीबारदेखि ल्यावमा स्वाब परीक्षण शुरू गरिएको हो । रियाजेन्ट अभावले आन्तरिक राजस्व कार्यालयबाट ५३ जना कर्मचारीको स्वाब संकलन गरिएको ४ दिन पूरा हुँदा पनि रिपोर्ट आएको थिएन ।

शाखा अधिकृत र नायब सुब्बामा कोरोना देखिएपछि आईतबारदेखि कार्यालय बन्द छ । आन्तरिक राजस्व कार्यालयको मात्र होइन, बाँके बर्दिया लगायतका जिल्लाका स्वाब भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा पाँच दिनदेखि स्वाबको चाङ लागेको थियो ।

भेरीको कोरोना प्रयोगशाला प्रमुख प्रशन्न मिश्र पनि स्वाबको चापका कारण स्वाब परीक्षण गर्न कम्तीमा तीन दिन लाग्ने बताउँछन् । यो प्रयोगशालामा बाँके, बर्दिया, दाङ, प्युठान, सल्यान लगायतका जिल्लाको नमूना पनि आउने गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

भेरी ल्याबका प्राविधिक प्रचण्ड गौतमका अनुसार प्रयोेगशालामा झण्डै सात सयको हाराहारीमा नमूना संकलन भइसकेको छ । उनी अस्पतालमा दिनहुँ औसत पाँचदेखि ६ सयको हाराहारीमा नमूना संकलन परीक्षणका लागि आउने गरेको बताउँछन् ।