नो टेन्सन ! कोरोना परीक्षण अब बागेश्वरी ल्यावमा


नो टेन्सन ! कोरोना परीक्षण अब बागेश्वरी ल्यावमा

नेपालगन्ज : मलाई कोरोना लागेको छ की भनेर चिन्तित् हुनुहुन्छ ? तनावमा हुनुहुन्छ ? तपाई यो छटपटीको समस्याबाट सजिलै छुटकारा पाउनु हुने छ । अब तपाई सिधै बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गइ कोरोना भाइरस परीक्षण गराएर ढुक्क हुन सक्नु हुनेछ ।

सरकारले अनुमती पाएका निजी प्रयोगशालाहरुलाई कोरोना परीक्षण गर्न पाउने सरकारले बिहीवार स्विकृती दिएपछि सर्वसाधारण जो सुकैले बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गएर कोरोना भाइरस परीक्षण गर्न पाउने भएका हुन् ।

पश्चिम नेपालमा कोहलपुर–१० रामनगरमा रहेको बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरले मात्र निजीस्तरमा नेपाल सरकारबाट कोरोना भाइरस परीक्षणको अनुमती र स्विकृती पाएको छ ।

बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरका सञ्चालक विश्व भण्डारीले सरकारले तोकेको ५ हजार ५ सय रुपैंया शुल्क लिएर कोरोनाको परीक्षण गरिने र तुरुन्त रिपोर्ट दिइने जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

करीब सवा एक करोडको लागतमा स्थापना गरिएको कोरोना ल्यावमा जो सुकै आएर पनि कोरोना परीक्षण गराई ढुक्क हुन सक्ने सञ्चालक भण्डारीले बताए । सरकारी स्तरमा भेरी अस्पतालमा मात्र कोरोनाको परीक्षण गरिदैं आएको छ ।

‘सरकारी स्तरमा जो सुकैको कोरोना परीक्षण नगरिदिने र धेरै मान्छेहरु कोरोना परीक्षण गराउन नपाउँदा मानसिक तनावमा रहेकोले हामीले सबैको समस्यालाई ध्यानमा राखेर कोरोना परीक्षण ल्याव राखेका हौं ।’ सञ्चालक भण्डारीले सेताखरीसँग भने ‘अब तपाईहरु आएर कोरोना परीक्षण गराई मनको तनाब र ज्यानको जोखिम हटाउन सक्नु हुने छ । धेरै जना भएको खण्डमा परीक्षणका लागि स्वाव लिन हामी तपाईहरु भएकै ठाउँमा आउन सक्छौं ।’

नेपालगन्ज लगाएत आसपास क्षेत्रका मान्छेहरुले पैसा तिरेर पनि कोरोना परीक्षण गर्न नपाइरहेका बेला बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरले ठुलो राहत दिने विश्वास गरिएको छ ।