‘मारुनी’को शुभमुहुर्त


‘मारुनी’को शुभमुहुर्त

आगामी महिना फाल्गुनको १३ गतेबाट छायांकन प्रारम्भ गर्न लागिएको चलचित्र ‘मारुनी’को शुभमुहुर्त गरिएको छ ।
पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् । आज बिहान काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै यसको टिमले शुभसाइत गरेको हो । चलचित्रको छायांकन भने १० दिनपछि सुरु गर्नलागेको निर्माणपक्षले जनाएकोछ । छायांकार संजय लामा अर्को चलचित्रमा व्यस्त भएकाले यसको छायांकन केही ढिलो सुरु हुन लागेको हो ।

यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्पल खड्का र नव–नायिका रेविका गुरुङको मुख्य भूमिका रहनेछ । चलचित्रको सह–निर्माताको रुपमा दर्शना केसी रहनेछिन् ।

Kids Festival 2022
kanti aarogya hospital

चलचित्रमा बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णीम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको मुख्य भूमिका रहनेछ ।
कार्यक्रममा बोल्दै निर्मात्री पूनम गौतमले भनिन्–‘हामी एउटा फरक कथामा चलचित्र निर्माण गर्दैछौ । दर्शकको मायाले यो चलचित्र सफल हुनेमा विश्वस्त छु ।’ निर्देशक नवल नेपालले चलचित्रले मनको कथा बोल्ने बताए । उनले चलचित्र हेरिसकेपछि दर्शकलाई फ्रेस कथा लाग्ने बताए ।