थप ११ जनामा कोरोना पुष्टि


थप ११ जनामा कोरोना पुष्टि

File Photo

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्य ९ जना नेपालगन्जका हुन् भने अन्य २ जना सल्यानका हुन् ।

पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१ का २ जना, वडा नम्बर–४ का २ जना, वडा नम्बर २० का २, वडा नम्बर १० का १, वडा नम्बर १४ का १, वडा नम्बर १७ का १ जना रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै वडा नम्बर १० मा संक्रमण पुष्टि भएका बाहेक अन्य सबै पुरुष हुन् । वडा नम्बर १० मा ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जले पछिल्लो पटक सय जनाको पीसिआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।