नेपालगन्ज : बाँकेमा कोरोनाको सन्त्रास बढ्दैछ । यतिबेला कोरोना समुदायस्तरमा पुगिसकेको छ । नेपलगन्जका सातबटा सरकारी कार्यालय सहित कोहलपुरमा इलाका प्रहरी कार्यालय कोरोना जोखिमै कारण शील भएको छ ।
स्वासथ्यकर्मीदेखि कर्मचारी, चिकित्सकदेखि जनप्रतिनिधी समेत संक्रमित भइसकेका छन् । प्रहरीमा पनि कोरोना जाखिमको अत्यधिक संक्रमण फैलिएको छ । यहिबेला बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम अभाव देखिएको छ ।
स्वास्थ्य कार्यालयबाट प्रर्याप्त मात्रामा भिटिएम प्राप्त नभएपछि यतिबेला बाँकेमा भिटिएम अभाव रहेको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द बताउँछन् । स्वास्थ्यले भिटिएम उपलब्ध गराउँन चासो नदेखाएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको उनी बताउँछन् ।
उप–महानगरपालिकालाई दुई भिटिएम आबश्यक रहेको थियो । उनले भने ‘तर स्वास्थ्यले ८० वटा मात्रै भिटिएम उपलब्ध गराएको छ । यसले कतिको स्वाब परीक्षणपछि उक्त बस्तु राख्नु ?’
उपमहानगरपालिकाले मंगलबार वडाध्यक्ष सहित आठजना कर्मचारीको घरपरिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करिब दुईसय जनालाई स्वाब सङ्कलनका लागिबोलाएको थियो । यसले, स्वास्थ्यले ८० वटा मात्रै दिएपछि बोलाइएका सबै व्यक्तिको स्वाब परीक्षण हुन सकेको थिएन ।
तर, उपमहानगरपालिकाले १ सय २० किट भिटिएम आफैले खरिद गरि सङ्क्रमित ब्यक्तिका घर परिवारका सदस्य र उनीहरुको सम्पर्कका आएका ब्यक्तिहरुको स्वाब सङ्कलन गरिएको चन्द बताउँछन् । मंगलबार जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका घरपरिवारका सदस्य गरि १ सय ९८ जनाको स्वाब संकलन गरिएको उनले बताए ।