File Photo
नेपालगन्ज : लोपोन्मुख, सीमान्तकृतहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता सरकारले कटौती गरेकोमा आपती जनाइएको छ ।
जन्मिने बित्तिकै पाउँदै आएको सुरक्षा भत्ता सरकारले ०७५ असोज ९ गतदेखि नदिने निर्णय गरेपनि सम्बद्धहरुको पक्षबाट आवाज उठाउने कोही नभएपछि यो सवाल ढीलो गरि मात्र सतहमा आएको हो ।
वर्षौदेखी खाईपाइ आएको सुरक्षा भत्ता दलित र अन्य सरह बनाइएकोमा सम्बद्ध अधिकारकर्मी र अगुवाहरुले गुनासो गर्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् ।
०५२ सालबाट ५ सयदेखि सुरु भएको सुरक्षा भत्ता राउटे, कुशबंधीया लगायतले हाल तीन हजार पाउँदै आएका थिए ।
कुशवंधीया, राउटे, कुसुण्डा लगायतका बालबालिकाका लागि प्राप्त हुँदै आएको भत्ता समेत कटौती गरेर सरकारले अन्य सरह ४ सय मात्र दिने गरिरहेको छ । राउटे, लोपोन्मुख, सीमान्तकृत, वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले एक विज्ञप्ती जारी गर्दै सीमान्तकृतले पाउँदै आएको भत्ता कटौती गर्ने निर्णयले सिंगो समुदाय मर्कामा परेको भन्दै सच्याउन अपील गरिन् ।
उनले गृहमन्त्रीलाई हालै औपचारिक ध्यानाकर्षर्ण पत्रमार्फत न्यायको समेत माग गरेकी छन् ।
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा