भेरीको पीसीआर ल्याबमा अब ‘अटोमेटिक मेसिन’


भेरीको पीसीआर ल्याबमा अब ‘अटोमेटिक मेसिन’

नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल प्रयोगशालामा कोरोना परीक्षणका लागि अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान हुने भएको छ । यो मेसिन जडानपछि प्रयोगशालामा थोरै समयमा धेरै स्वाब नमुना परीक्षण गर्न सकिने भेरी अस्पतालका निमित्त मेसु डाक्टर खगेन्द्रजंग शाह बताउँछन् । मेसिन सञ्चालनपछि छिटो रिपोर्ट दिन सकिने डाक्टर शाहको भनाइ छ ।

सेती अस्पतालमा मेसिन जडान गरेपछि इन्जिनियरको टोली भेरीमा आउने भएको उनी बताउँछन् । उक्त मेशिन जडानले घण्टौसम्म खट्ने ल्याबका जनशक्तिलाई अव केही सहज पनि हुनेछ । उनले भने ‘हामीले पनि रिपोर्ट धेरै र छिटो दिन सक्ने छौं ।’ यो मेसिन जडान भएपछि दैनिक ८ सय देखि एक हजारसम्मको नमुना परीक्षण गर्न सकिने प्रयोगशाला प्रमुख डाक्टर प्रशन्न मिश्र बताउँछन् ।

अटोमेटिक एक्सट्रयाक्सन मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ । प्रयोगशाला प्रमुख डाक्टर मिश्रका अनुसार संकलित स्वाब नमुनालाई परीक्षणका लागि ४ वटा प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । भाइरसको सबैभन्दा सुक्ष्म भनेको आरएनए हुन्छ । सबैभन्दा पहिले ¥यालबाट भाइरसको आरएनएलाई छुट्याउनुपर्छ । अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिनले अब त्यो काम गर्छ । ‘पहिले आरएनए एक्सट्रयाक्सन गर्न ४–५ घण्टा लाग्थ्यो, भने अटोमेटिक मेसिन जडान भएपछि एक घण्टामा ९६ वटा आरएनए एक्सट्रयाक्सन हुने उनको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पीसिआर गर्न दुई घण्टाबढी समय लाग्ने उनी बताउँछन् । भेरी अस्पतालमा एउटा मात्र पिसिआर मेसिन छ । उक्त मेसिनमा एकपटकमा ७२ वटा स्वावको परीक्षण हुने गरेका छन् । प्रयोगशालामा अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान गरेसँगै अर्को पिसिआर मेसिनको समेत आवश्यकता पर्ने निमित्त मेसु शाह बताउँछन् ।

यसैबीच, बाँकेका विभिन्न स्थानमा बिहीबार १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले आफ्नो फेसबुक वालमा स्टाटसमा लेख्दै जानकारी दिएका छन् ।