नेपालगन्ज : बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरले कोरोना टेस्टका लागि स्वाब संकलन केन्द्र नेपालगन्जमा राखेको छ । विपी चोक स्थित युनाइटेड अस्पतालमा स्वाब संकलन केन्द्र राखिएको सेन्टरका संचालक विश्व भण्डारीले जानकारी दिए ।
नेपालगन्जका जनतालाई सजिलो होस् भनेर नेपालगन्जमै स्वाब संकलन केन्द्र राखिएको संचालक भण्डारीले जनककारी दिए । बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरको मुख्य ल्याव कोहलपुर १० रामनगरमा रहेको छ ।
युनाईटेड अस्पतालमा स्वाब निकाल्ने समय हरेक दिन विहान १० बजे देखि १२ बजे सम्म तोकिएको सेन्टरले जनाएको छ । बागेश्वरी ल्यावमा कोरोना भाइरस परीक्षण गराएर ढुक्क हुन सक्नु हुनेछ । यस बागेश्वरी ल्यावले आजको आजै कोरोनाको रिपोर्ट दिने गरेकाले पनि सर्वसाधारण कोरोना परिक्षणका लागि आउने गरेको सेन्टरले जनाएको छ ।
बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर निजीस्तरमा नेपाल सरकारबाट कोरोना भाइरस परीक्षणको अनुमती र स्विकृती पाउने पश्चिम नेपालको एक मात्र ल्याव हो । कोरोना लाग्यो कि भनेर मानसिक तनावमा रहेका जो कोही लाई यस बागेश्वरी ल्यावले ठुलो राहत दिएको छ । कोरोनाको शंका लागेका व्यक्तिहरु धमाधम यस बागेश्वरी ल्यावमा गएर कोरोना परिक्षण गराई ढुक्क हुने गरेका छन् ।
बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरका सञ्चालक भण्डारीले सरकारले तोकेको ५ हजार ५ सय रुपैंया शुल्क लिएर कोरोनाको परीक्षण गरिने र तुरुन्त रिपोर्ट दिइने जानकारी दिए ।
करीब सवा एक करोडको लागतमा स्थापना गरिएको कोरोना ल्यावमा जो सुकै आएर पनि कोरोना परीक्षण गराई ढुक्क हुन सक्ने सञ्चालक भण्डारीले बताए ।
‘सरकारी स्तरमा जो सुकैको कोरोना परीक्षण नगरिदिने र धेरै मान्छेहरु कोरोना परीक्षण गराउन नपाउँदा मानसिक तनावमा रहेकोले हामीले सबैको समस्यालाई ध्यानमा राखेर कोरोना परीक्षण ल्याव राखेका हौं ।’ सञ्चालक भण्डारीले सेताखरीसँग भने ‘अब तपाईहरु आएर कोरोना परीक्षण गराई मनको तनाब र ज्यानको जोखिम हटाउन सक्नु हुने छ । धेरै जना भएको खण्डमा परीक्षणका लागि स्वाव लिन हामी तपाईहरु भएकै ठाउँमा आउन सक्छौं ।’
नेपालगन्ज लगाएत आसपास क्षेत्रका मान्छेहरुले पैसा तिरेर पनि कोरोना परीक्षण गर्न नपाइरहेका बेला बागेश्वरी डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरले ठुलो राहत दिने विश्वास गरिएको छ ।