नेपालगन्ज : आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।
जसमध्ये चार जनाको पीसीआर पोजेटिभ देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ शुुरु भइसकेकोछ ।