बिहीबार ५२५ कोरोना संक्रमित थपिए


बिहीबार ५२५ कोरोना संक्रमित थपिए

नेपालगन्ज : नेपालमा बिहीबार थप ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ ।

देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बिहीबार भेटिएका कोरोना संक्रमितसगैं नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ८ सय ३७ उपचारपछि निको भएका छन् । भने नेपालमा हालसम्म ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।