कोरोनाबाट मर्नेको संख्या ९५ पुग्यो, नागरिकमा बढ्दो संत्रास


कोरोनाबाट मर्नेको संख्या ९५ पुग्यो, नागरिकमा बढ्दो संत्रास

File Photo

नेपालगन्ज : कोरोना माहारीकाबीच नेपालमा ९५ जनाले ज्यान गुमाएकाछन् । मृत्यु बढेपछि आमा जनतामा सन्त्रास बढ्दो छ । दिनानुदिन कोरोना संक्रमित थपिदैं जादाँ उनीहरुको उचित व्यवस्थापनका लागि आइसोलेशन तथा क्वारेन्टिन अभाव हुँदै गएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशमा २४ घण्टामा नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा महोत्तरी, धुनषा, अछाम र मोरङमा १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ९५ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ का ४५ वर्षीय एक पुरुष, धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ ढल्केबरका ८५ वर्षीय महिला, अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का १८ वर्षीय एक पुरुष र मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ३ का ५७ वर्षीय एक पुरुषको मृत्यु भएकोछ । योसगैं कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।