नेपालमा कोरोना संक्रमित संख्या २५ हजार नाघ्यो


नेपालमा कोरोना संक्रमित संख्या २५ हजार नाघ्यो

नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित संख्या २५ हजार नाघेको छ । शुक्रबार देशमा थप ५ सय ९४ संक्रमित थपिएसगैं नेपालमा कोरोना संक्रमित संख्या २५ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम पछिल्लो २४ घण्टामा ५ सय ९४ संक्रमित थपिएको जानकारी दिए । यासगैं नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसगैं हालसम्म १७ हजार ७७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएकोछ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ९ सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना संक्रमण पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म जम्मा ४ लाख ९४ हजार ६ सय १३ जनाको पीसीआर परीक्षण गरिएको छ । शुक्रबारसम्म देशभर १४ हजार ६ सय ३८ जना क्वारेन्टिनमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि आईतबार ३ सय ८० कोरोना भाइरस संक्रमित थपिएका हुन् । सोमबार देशभर ३ सय ३८ संक्रमित थपिएका छन् भने १ सय ४० जना डिस्चार्ज भएका छन् । मंगलबार भने कोरोना संक्रमितको संख्याम अधिक बृद्धि भएको थियो ।

देशभर मंगलबार ६ सय ३८ संक्रमित थपिएका थिए भने १ सय ७१ जना डिस्जार्च भएका थिए । त्यसैगरी बुधबार ४ सय ८४ कोरोना संक्रमित थपिएका हुन् भने ६४ जना डिस्चार्ज भएका हुन् । बुधबार सबैभन्दा बढी १० हजार ४ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
शक्रबार ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २५ कोरोना संक्रमति थपिएका हुन् । सो अवधिमा १ सय ९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यसबीच मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लाहरु पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । त्यसैगरी संक्रमित शून्य भएका जिल्लाहरु संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९९ जनाको मृत्यु भइसकेकोछ ।