कोरोना अपडेट

नेपालमा कोरोना संक्रमित संख्या २६ हजार नाघ्यो


नेपालमा कोरोना संक्रमित संख्या २६ हजार नाघ्यो

नेपालगन्ज : नेपालमा कोरोना संक्रमित संख्या २६ हजार नाघेकोछ । पछिल्लो २४ घण्टामा देशभर ४ सय ६८ कोरोना संक्रमित थपिएसगैं नेपालमा कोरोना संक्रमित संख्या २६ हजार नाघेको हो ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणबाट ४ सय ६८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । यस्तै शनिबार देशभरबाट १ सय २४ जना निको भएर डिस्चार्ज भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार २ सय१ उपचारपछि निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार हाल नेपालमा ८ हजार १ सय ९३ सक्रिय संक्रमितको संख्या रहेको छ । भने नेपालमा हालसम्म १ सय २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।