हालैमात्र चलचित्र ‘गल्ली ब्वाइ’को विशेष शोमा आलिया र रणवीरविचको सम्बन्धमा दरार आएको चर्चा सुरु भएको थियो । तर, मिडिया कुराकानीमा आलियाले आफ्नो प्रेम सम्बन्धको बिषय हेडलाइन्स बनेकोमा खुशी व्यक्त गरेकी छिन् । आलियाले कही आफू दुखी देखिएको जस्तो फोटो सार्वजनिक भएको भए, त्यो आफ्नो सम्बन्धका कारण नभई आराम गर्न नपाएको अनुहारका कारण भएको पनि उल्लेख गरेकी छिन् ।
बलिउड नायिका आलिया भट्ट र नायक रणवीर कपुर प्रेममा छन् । यी दुइको प्रेमको खबरले आलियाको करिअरको चर्चा कम हुन थालेको छ । आलिया रणवीरसँगको प्रेम सम्बन्धको खबरमा आएसँगै उनको बिहेको बिषयमा पनि गसिप बनिरहेको छ ।
तर, आलियाले भने आफू अहिले नै रणवीरसँग बिहेको तयारीमा नरहेको पनि स्पष्ट पारेकी छिन् । उनले, यस्ता खबरले आफूलाई दिक्क भने लाग्न थालेको पनि बताएकी छिन् । आलियाले भनिन्–‘म हाम्रा प्रेम सम्बन्धमा खुशी छु । तर, अहिले नै म बिहेको तयारीमा छैन । म अहिले आफ्नो काममा नै रमाइरहेकी छु ।’ आलिया भन्छिन्–‘रणवीरसँगको बिहेको खबरले दिक्क लाग्छ’
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार
अब नेपालगन्ज धाउनुपर्दैन, कोहलपुर नगरपालिकाबाटै पाइनेछ प्यान नम्बर