बाँकेको कोरोना अपडेट

४०० स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना


४०० स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना

File Photo

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा गत २४ घण्टामा ४ सय नमुना परीक्षण गर्दा २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये बाँकेमा आईतबार थप २० जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमित भेटिएकामध्ये सशस्त्र प्रहरी गुल्म ४२ नम्बरका १५ जना सशस्त्र प्रहरी, तीन जना ग्लोबल बैंक बाँकेका कर्मचारी र कोहलपुर वडा नम्बर–११ का १ तथा खजुरा गाउँपालिका वडा नम्बर–६ का १ जना सर्वसाधरण गरि बाँकेका २० जना र सल्यान कपुरकोटका १ जनामा कोरोना भाइरस संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

आईतबार कोरोना संक्रमण पुष्टि भएकाहरुमा ४ जना महिला र १६ जना पुरुष रहेका छन् । यसअघि पनि बाँकेमा शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

साउन ३० गते जानकी गाउँपालिकामा संकलन गरिएको ९२ स्वाब परीक्षण गरिएको थियो । आज भेटिएका संक्रमित यद्यपी जानकी गाउँपालिकाका ब्यक्ति भेन होइनन ।

हालसम्म भेरी अस्पताल नेपालगन्जमा प्राप्त स्वाब नमुना २९०४० रहेको छ । जसमध्ये २९००० नमुना जाँच गरिएको र ४० वटा नमुना जाँच गर्न बाँकी रहेकोछ । यी स्वाब नुमना परीक्षण गर्दा १२२६ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ ।