कोरोना अपडेट

देशभर थप ६४१ जनामा कोरोना पुष्टि


देशभर थप ६४१ जनामा कोरोना पुष्टि

नेपालगन्ज : नेपालमा आईतबार ६ सय ४१ कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसगैं नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेकोछ ।

आईतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ४१ संक्रमित थपिएका हुन् । जसमा २ सय १८ महिला र ४ सय २३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट थप १ सय ३४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म जम्मा ५ लाख १७ हजार ९ सय ७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।

यस्तै देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ७ सय २४ छन् । आजसम्म देशभर १५ हजार २ सय ४३ जना क्वारेन्टिनमा रहेका छन् ।

यसअघि शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १ सय २४ जना डिस्चार्ज भएका थिए । भने हालसम्म देशमा १०४ जनाको मृत्यु भइसकेकोछ ।