अक्षयले गरे ५ करोड सहयोग


अक्षयले गरे ५ करोड सहयोग

बलिउड नायक अक्षय कुमारले पुलवामा भएको हमलामा सहिद भएकाहरुको परिवारलाई ५ करोड सहयोग गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा पनि रकम कलेक्शनका लागि पहल अगाडि बढाएका छन् । अक्षयले यो हमला आफूहरुले कहिले पनि बिर्सन नसक्ने उल्लेख गर्दै अब सहिदका परिवारलाई सहयोग गर्ने समय आएको पनि उल्लेख गरेका छन् ।

केही दिन अगाडि मात्र भारतको पुलवामा भएको हमलामा ४० जना भन्दा बढी भारतीय सैनिकको निधन भएको थियो । अहिले यसले भारत र पाकिस्तानबिचको सम्बन्धमा पनि ठूलो दरार उत्पन्न भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै, बलिउड नायक अमिताभ बच्चनले पनि सहिद भएका जवानका हरेक परिवारलाई ५ लाख सहयोग गर्ने घोषणा यसअघि गरिसकेका छन् ।

बलिउड नायक अक्षय कुमारले पछिल्ला केही वर्षयता खेलेका चलचित्रलाई हेर्ने हो भने, उनी राष्ट्रियता बोकेका कथामा बढी केन्द्रित छन् । उनै, अक्षय कुमार भारतमा विभिन्न समयमा च्यारेटी गर्न पनि अगाडि छन् । भलै, उनी आफूले गरेको च्यारेटीको प्रचार पनि खुलेरै गरिदिन्छन् ।
लडाईमा क्षती ब्यहोर्ने सेनालाई सहयोग पु¥याउने उद्देश्यका साथ अक्षयले यसअघि वेभसाईट निर्माण गरेका थिए । अक्षयले चालेको सो कदमलाई भारत सरकारले आत्मसाथ गरेको थियो । सोही आईडीयामा भारतीय सेनाले वेभसाईट डिजाईन गरि हाल सञ्चालनमा छ । सो वेभसाईटमार्फत संकलन भएको रकमले भारतीय सेनाका घाईते, मृतकका परिवारका लागि खर्चिने गरिएको छ ।