वाइफाइभन्दा १०० गुणा छिटो चल्छ लाइफाई


वाइफाइभन्दा १०० गुणा छिटो चल्छ लाइफाई

नेपालगन्ज : पछिल्लो समय स्मार्ट फोन आएपछि हरेकका हात–हातमा नै इन्टरनेट आइपुगेको छ । धेरैजसो स्थानमा सहजैरुपमा वाइफाई समेत पाउन थालिएको छ ।

इन्टरनेट विस्तारमा पनि अनेकन प्रतिस्पर्धा भइरहेको छ । व्यापार, व्यवसायको परिदृश्यमा समेत बदलाव आएको छ । हरेकका हातमा रहेका स्मार्ट फोनले सहज रुपमा उच्च गतिको इन्टरनेट चलाउन सक्ने वातावरण बनाइदिएको छ ।

कोरोनाका कारण धेरै जसो मानिस घरभित्रै रहँदा इन्टरनेट खपतको मात्रामा समेत उल्लेख्य वृद्धि भएको छ । तर, यतिबेला दूरसञ्चार सेवा प्रदायकले दिएको इन्टरनेटभन्दा उच्च गतिको इन्टरनेटको समेत खोजी भइरहेको छ ।

उच्च गतिको इन्टरनेट प्रदान गर्ने ध्येयका साथ स्मार्टफोन निर्माता कम्पनीले लगातार नयाँ खोज तथा अनुसन्धान गरिरहेका छन् । उनीहरुले गरिरहेको खोजको खास उद्देश्य भने प्रकाशलाई प्रयोग गरेरै उच्च गतिको इन्टरनेट दिने तयारी रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

खोजहरुबाट प्राप्त विवरणअनुसार वाइफाई भन्दा १०० गुणा बढी गतिका साथ लाइफाई सेवा दिन सकिन्छ । त्यसमा प्रकाश अर्थात् लाइटको सहयोगमा डेटा प्रसारण हुनेछ ।

उच्च गतिको इन्टरनेटका लागि स्मार्ट फोन निर्माता कम्पनीले लगातार खोज तथा अनुसनधान गरिरहेको सन्दर्भमा चिनियाँ कम्पनी ओप्पोले सोही आवश्यकतालाई मध्यनजर गरेर प्रकाशको सहायताले चल्ने लाइफाई टेक्नोलोजीको परीक्षण गरिरहेको छ । उसले आगामी दिनमा ल्याउन लागेको स्मार्ट फोनमा लाइटको माध्यमबाट चल्ने वाइफाई भन्दा १०० गुणा बढी गति भएको लाइफाई प्रविधि ल्याउने तयारी थालेको छ ।

समाचारहरुमा जनाइए अनुसार ओप्पोले लाइफाई प्रविधि भएको स्मार्ट फोन ल्याउने तयारी गरिरहेको छ । ओप्पोले त्यस्तो फोनको लागि प्याटेन्ट राइटसमेत तयार पारिसकेको छ । त्यसमा लाइट सेटिङ कनेक्टिभिटी सर्पोट गर्नेछ । यो विषयमा पछिल्ला केही वर्षदेखि चर्चा भइरहेको भएपनि कोही कसैले त्यसमा काम गर्न सकेका थिएनन् । ओप्पोले भने प्याटेन्ट राइट सहित लाइफाई चल्ने प्रविधि तयार पारिरहेको छ । जुन एकाध वर्षभित्र सञ्चालनमा आउने छ ।

लाइफाईमा त्यस्तो एउटा प्रविधि हो, जसमा डेटा प्रकाशको मद्दतबाट ट्रान्सफर हुन्छ । महत्वपूर्ण कुरा यो छ कि प्रकाशको स्रोत कम भएपनि लाईफाई प्रविधिले काम गर्न सक्छ ।

प्रकाश कम हुँदै गएपनि काम गर्नसक्छ, जबकी आँखाले देख्न नसक्ने प्रकाशमा समेत इन्टरनेट चल्न सक्छ । त्यसकारण पनि यो वाइफाई भन्दा बढी सुरक्षित हुने मानिएको छ । वाइफाई प्रविधिभन्दा बाहिर गएर पनि यसको जडान गर्न सकिन्छ ।

जानकारहरुका अनुसार भारतको सूचना तथा प्रविधि मन्त्रालयले समेत सन् २०१८ मा नै उक्त प्रविधिको परीक्षण गरिरकेको छ । उक्त प्रविधि १ किलोमिटर प्रति घण्टाको गतिमा १० जिबी प्रति सेकेण्डको गतिमा प्रसारण गर्न सक्छ ।

त्यसको प्रसारणका लागि एलइडी बल्ब तथा लाइट इफेक्टको उपयोग गर्न सकिन्छ । यस्तो प्रविधि पहाडी तथा जटिल भूगोल भएको स्थानमा जडान गर्न सकिन्छ । विजुली भएका स्थानमा सहजै यस्तो प्रविधिबाट इन्टरनेट सेवा पुर्याउन सकिन्छ ।