कोरोना अपडेट

देशभर सोमबार ५८१ संक्रमित थपिए


देशभर सोमबार ५८१ संक्रमित थपिए

नेपालगन्ज : देशभर सोमबार ५ सय ८१ जना कोरोना संक्रमित थपिएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ८१ संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ । जसमा १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ सय ६० जना डिस्चार्ज भएका छन् । योसगैं देशभरबाट हालसम्म १७ हजार ४ सय ९५ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुने दर ६४ दशमलव २ प्रतिशत रहेको छ । आईतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ६ सय ३९ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख २९ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ७ हजार ३८ छन् । दुई हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

आजसम्म देशभर १५ हजार १ सय ९८ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लााहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं ।

संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्य देखिन्छ । हालसम्म ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वागमती प्रदेशका हुन् ।

यसअघि शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १ सय २४ जना डिस्चार्ज भएका थिए । आईतबार देशभर गरिएको १२ हजार ३ सय ४७ पीसीआर परीक्षणमा ६ सय ४१ मा कोरोना पोजेटिभ देखिएको हो । आईतबार १ सय ३४ जना अस्पतालबाट डिस्चार्ज भएका थिए । यसबीच देशभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेकोछ ।