नेपालगन्ज : बाँकेको नेपालगन्ज र कोहलपुरमा गरि थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालगन्जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार यी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार संक्रमित हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ का एक जना ३७ वर्षिया महिला, वडा नम्बर – ३ का एक जना २८ वर्षिया महिला, वडा नम्बर –५ का एक जना ६२ वर्षिय पुरुष र कोहलपुरका ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सङ्गै बाँके जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ७ सय ३४ पुगेको छ । भने ३ जनाको मृत्यु भइसकेकोछ ।