नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोको नियमित प्रेस व्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यस्तो बताएका हुन् ।
अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक÷एक जना रहेका छन् ।
कोरोनाबाट मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेको मन्त्रालयले जनाएकोछ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।