नेपालगन्ज : नेपालगन्जमा पहिलोपटक लक्षणसहितको एक कोरोना संक्रमितको मृत्यु भएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षिय बृद्धको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएकै दिन ती बृद्धको मृत्यु भएको हो । कोरोना फोकल पर्शन श्रेष्ठका अनुसार मृतक बृद्धमा साउन ३० गतेदेखि लक्षण देखिएको थियो ।
गत ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको ३२ गते नै स्वाब लिएर कोरोना परिक्षणको लागि पठाईएको थियो ।
अस्पतालमा उपचाररत ती बृद्धको कोरोना रिपोर्ट जाँच गरिएको थियो । सोमबार दिउँसो ३ बजे आएको रिर्पोटमा उनी पोजेटिभ पाइएका थिए ।
दुबै साईडको फोक्सोको निमोनियाका कारण सिकिस्त बनेका ६५ वर्षिय बृद्धको सोमबार राती ११ः४० बजे मृत्यु भएको कोरोना फोकल पर्शन श्रेष्ठले सेतोखरीलाई जानकारी दिए ।
बाँकेको कोहपुरमा १ जना महिला, बैजनाथ गाउँपालिका १ जना महिला र बाँकेको नरैनापुरका एक जना पुरुषको यसअघि मृत्यु भइसकेकोछ ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन