नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोक स्थित सिटी प्यालेस होटलको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेर घरमा गएकीछन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ न्यूरोड छेउमा बस्ने ती कोरोना संक्रमित महिला ६ दिनदेखि सिटि प्यालेसको आइसोलेसनमा बस्दै आएकी थिइन ।
कोरोना संक्रमित महिला सिटी प्यालेस होटलको पछाडीपट्टिबाट राती १२ बजेतिर घरमा आई बसेको छिमेकीले सेतोखरीलाई जानकारी दिएकाछन् ।
उनलाई विहान अन्य छिमेकीले त बाटोमा हिँडेको समेत देखेको बताए । संक्रमित महिला खुलेयाम सडक, टोलमा हिँडडुल गरिरहेको स्थानीय बासिन्दाले देखेपछि सेतोखरीलाई फोन गरेर जानकारी दिएका हुन् ।
कोरोना संक्रमित ति महिलालाई सेतोखरीबाट फोन गर्दा आफू सिटी प्यालेस होटलको ३०९ नम्बर रुममा रहेको बताईन । तर, उनी त्यो समयमा घरमै थिइन् ।
आइसोलेसन बनाइएको सिटी प्यालेस होटल र ती महिलाको घर नजिकै पर्दछ । उनी घरमा गएर बसेपछि टोलभरी नै त्रासको वातावरण छाएको स्थानीयले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले ती संक्रमितको खोजी गरि ल्याइने बताए ।