नेपालगन्ज : नेपालगन्जका १० जना सहित थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा बाँकेको नेपालगन्जका १०, खजुराका १, गुलरिया बर्दियाका २ र विरेन्द्रनगर सुर्खेतका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
पछिल्लो २४ घण्टामा ५ सय ५० स्वाब परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणबाट संक्रमित देखिनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ५ का ४५ वर्षिय पुरुष, वडा नम्बर– ६ का २५ वर्षिय युवती र ३३ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ का ५२ वर्षिय महिला, वडा नम्बर–४ का ४२ वर्षिय महिला, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १० का २४ वर्षिय पुरुष, वडा नम्बर–१३ का ५ वर्षिय बालकमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै नेपलागन्जको वडा र उमेर नखुलेको एक पुरुष एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएकोछ । भने खजुराका २२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएकोछ ।
बाँकेमा मंगलवार थप भएका ११ कोरोना संक्रमितसहित कुल संक्रमितको संख्या सात सय ४५ पुगेको छ । अहिलेसम्म चारसय ६८ जना कोरोनामुक्त भएका छन् । बाँकेमा चारजनाले भाइरस संक्रमणबाट ज्यान गुमाइसकेकाछन् । जसमध्ये पछिल्लो २४ घण्टामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षिय पुरुषको मृत्यु भएको छ ।
हालसम्म भेरी अस्पताल नेपालगन्जमा तीस हजार १५ नमुना प्राप्त हुदाँ २९ हजार ९ सय ५० जनाको परीक्षण गरिएको छ । जसमध्ये एक हजार २ सय ९६ जना कोरोना संक्रमित भेटिएका छन् ।