बाँकेको कोरोना अपडेट

नेपालगन्जका थप तीन सहित १५ जनामा कोरोना पुष्टि


नेपालगन्जका थप तीन सहित १५ जनामा कोरोना पुष्टि

नेपालगन्ज : नेपालगन्जका थप तीन जना सहित १५जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको नमुना परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का एकजना ३० वर्षिय महिला र ८ वर्षिय बालक तथा नेपालगन्जकै वडा नखुलेका ५५ वर्षिय बृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बुधबार सार्वजनिक रिपोर्टमा सबैभन्दा बढि बाँकेको कोहलपुरमा कोरोना संक्रमित थपिएका छन् । बाँकेको कोहलपुरमा ८ जना ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।

बुधबार भेटिएका सबै कोरोना संक्रमित कोहलपुर नगरपालिका वडा नम्बर ११ का रहेको बुझिएकोछ । संक्रमित हुनेहरुमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का एक जना ६ वर्षिय बालिका, एक जना ८ वर्षिय बालक, एक जना १० वर्षिय बालक, २७ वर्षिय पुरुष र एक एक जना ३० वर्षिय महिला र पुरुष भेटिएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ११ कै उमेर नखुलेको कोरोना संक्रमित दुई जना महिला भेटिएको भेरी अस्पताल नेपालगन्जले जनाएकोछ ।

त्यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ३१ वर्षिय पुरुष र बाँके बैजनाथ गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय युवतीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

यस्तै बर्दिया मधुवन नगरपालिका वडा नम्बर ५ र ७ का २६ र ४५ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

भेरी अस्पताल नेपालगन्जको तथ्यांक अनुसार हालसम्म ३० हजार ३ सय ९० नमुना परीक्षणका लागि ल्याइएकोछ । जसमध्ये बुधबार दिउँसो सम्म ३० हजार तीन सय नमुना परीक्षण गरिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । यी स्वाब परीक्षण गर्दा एक हजार ३ सय १६ जनामा कोरोना पुष्टि भएकोछ ।

पछिल्लो २४ घण्टामा ३ सय ५० नमुना परीक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । हालसम्म बाँकेको नेपालगन्जमा एक पुरुष, नरैनापुर गाउँपालिकामा एक पुरुष, कोहलपुर नगरपालिकामा एक महिला र बैजनाथ गाउँपालिकाकी एक महिलाको मृत्यु भइसकेकोछ ।