सेतोअण्डा खुलेआम बिक्रि, प्रशासन उदासिन


सेतोअण्डा खुलेआम बिक्रि, प्रशासन उदासिन

(नरैनापुरमा चलेको मेलामा बिक्रिका लागि राखिएको प्रतिबन्धित सेतो अण्डा हेर्दै गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह । तस्बिर: सद्भाव)

नेपालगन्ज : सेतो अण्डा बिक्रि वितरणमा प्रतिबन्ध लगाईएको छ । भारतीय बजारबाट भइरहेको सेतो अण्डाको अबैध आयातले नेपाली व्यवसायमा नराम्रो प्रभाव पारेको छ । प्रशासनको कमजोरीका कारण बिभिन्न सिमाबाट अबैध रुपमा सेतो अण्डा नेपालगन्जमा भित्रिएको व्यवसायी बताउँछन् ।

कम गुणस्तर भएको अण्डा भित्रिदा मानव स्वाथ्यमा पनि असर परेको व्यवसायीहरुले बताएका छन । व्यवसायीहरुले भारतीय सेतो अण्डाको अबैध आयात, ह्याचरी अण्डाको बिक्री, गुणस्तरहीन अण्डाको बिक्रीले साना व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन् । तर, बाँकेको नरैनापुर गाउँपालिकामा भईरहेको मेलामा सेतो अण्डाको खुलेआम कारोबार भएको छ ।

मेलामा खुलेआम अबैद्य सेतो अण्डा बिक्रि भएपनि नरैनापुर गाउँपालिकालले समेत यसको रोकथाममा चासो देखाएको छैन् । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह मेला अवधीभरमा अबैद्य अण्डा बिक्रि वितरण रोक्न नसकिने बताउँछन् । उनले भने ‘अहिले मेला चलिरहेको छ कसैले हल्का बेचेका होलान अब मेलापछि यसको रोकथाम गर्छु । अहिले नै त केही गर्न सकिदैन् ।’ अण्डा दिने कुखुुराको जात लेयर्सलाई खुवाउने दानाको समयानुकुल मूल्य समायोजन नहुनु र भेटेनरी औषधीमा भइरहेको मनपरी मुल्यले व्यवसाय धरासायी बन्दै गएको व्यवसायी बताउँछन् ।

पशु क्वारेन्टाइन कार्यलय नेपालगन्जद्वारा सन्चालित अबैध पैठारी कार्यदल परिचालनले सेमत यसरी ल्याईने अबैद्य अण्डा
रोकथाम तथा निण्न्त्रण गर्न सकेको छैन् । कार्यालय रहेकै जमुनाह नाका आसापसका होटलमा समेत खुलेआम यस्तो अण्डाको बिक्रि वितरण भईरहने स्थानीय बताउँछन् । भारतसँग जोडिएका बाँकेका सबै सीमा नाकाहरुमा कुखुरा र अण्डा आयातमा कडाई गर्ने निर्देशन दिएपनि यसको
प्रभावकारी अनुगमन बाँके प्रशासनले समेत गर्न सकेको छैन् । प्रशासनकै लापरवाही र गैरजिम्मेवारीका कारण नरैनापुरमा लागेको मेलामा समेत अबैद्य सेतो अण्डा खेलेआम बिक्रि वितरण भईरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

भारतको सिमावर्ती बजार रुपैडिहाबाट क्यारियर मार्फत नेपालगन्ज–रुपैडिहा मुख्य मार्ग र अन्य भित्रि ग्रामिण मार्गहरुबाट दैनिक सयौंको संख्यामा भारतीय कुखुरा र हजारौंको संख्यामा सेतो अण्डा नेपाल भित्रिरहेकोले आयातमा प्रतिबन्ध लगाईएको जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समिति बाँकेले दाबी गरेको छ । तर, बाँकेका विभिन्न स्थानमा र सत्प्रतिशत होटलमा सेतो अण्डाको कारोबार भइरहेको छ ।
भारतबाट आउने कुखुरा र अण्डा सस्तो हुने गरेकोले उनिहरुलाई बिक्रि बितरण गर्दा बढी नाफा पाईने गरिएकोले भारतबाट आयात गर्ने गरिएको नेपालगन्ज बाँके गाउँ मासु मण्डीका कुखुरा ब्यबसायी जिवन थापाले बताउँछन् ।

भारतबाट आयात गरिएका कुखुरा र अण्डाहरु नेपालगन्ज, खजुरा, राँझा, कोहलपुर र नरैनापुर लगायतका ग्रामीण क्षेत्रहरुमा बढी बिक्रि भैरहेको खबर हुँदा समेत बाँके प्रशासन यसको रोकथाममा सक्रिय देखिदैन् ।