नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमित मृतकको संख्या १ सय २६ पुगेकोछ ।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसगैं कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा विहीबार मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले यस्तो बताएका हुन् । उनका अनुसार पछिल्ला २४ घण्टामा २ महिला र ४ पुरुष गरी ६ जना संक्रमितको मत्यु भएको छ ।
काठमाडौं, मकवानपुर, सप्तरी र पर्सामा गरी ६ जना संक्रमितको मृत्यु भएको हो । काठमाडौंमा १ महिला, मकवानपुर र सप्तरीमा १/१ पुरुष, पर्सामा दुई पुरुष र एक महिला गरी ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार पनि ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
कोरोना संक्रमितको संख्या दिनानुदिन उकालो लागिरहँदा मृतकको संख्या पनि बढ्दै गएकोछ । समुदायमै कोरोना भाइरस संक्रमण फैलिसकेको अवस्थामा दिनहुँ मृतकको संख्या बढ्दै जानु र कोरोना संक्रमित थपिदै जादाँ आम सर्वसाधरणमा त्रास छाएकोछ ।