कोहलपुरको एकै वडाका १२ जना पुरुष कोरोना पोजेटिभ


कोहलपुरको एकै वडाका १२ जना पुरुष कोरोना पोजेटिभ

नेपालगन्ज : बाँकेमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । जसमध्ये सबैभन्दा धेरै कोहलपुर नगरपालिकामा कोरोना संक्रमित देखिएकाछन् ।

भेरी अस्पताल नेपालगन्जमा भएको नमुना परीक्षणका क्रममा कोहलपुर नगरपालिकाका वडा नम्बर १ का १२ जना पुरुष कोरोना पोजेटिभ भएकाछन् ।

संक्रमित हुनेहरुमा कोहलपुर नगरपालिका वडा नम्बर १ का तीनजा ३६ वर्षिय पुरुष, तीन जना २८ वर्षिय पुरुष, तीन जना ३५ वर्षिय पुरुष र दुई जना ३४ वर्षिय पुरुष रहेकाछन् ।

एकैदिन जिल्लामा ठूलो मात्रामा एउटै वडाका पुरुषमात्रै संक्रमित भेटिएपछि स्थानीयमा त्रास फैलिएको छ । यसअघि बुधबारमात्रै सार्वजनिक कोरोना भाइरस संक्रमणको रिपोर्टमा कोहलपुरमा ८ जना कोरोना संक्रमित थपिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

संक्रमित हुनेहरुमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का एक जना ६ वर्षिय बालिका, एक जना ८ वर्षिय बालक, एक जना १० वर्षिय बालक, २७ वर्षिय पुरुष र एक एक जना ३० वर्षिय महिला र पुरुष रहेका थिए । भने कोहलपुर नगरपालिका वडा नम्बर ११ कै उमेर नखुलेको कोरोना संक्रमित दुई जना महिला भेटिएको भेरी अस्पताल नेपालगन्जले जनाएको थियो ।

कोहलपुरका १२ जना जना संक्रमित नेपाली सेनाको पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा तालिमरत प्रशिक्षार्थीहरु रहेको बुझिएकोछ ।
५ नम्बर प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सेनाका जवानहरु उक्त शिक्षालयमा तालिम लिन आउने गर्दछन् । यस अघि पटक पटक गरी उक्त शिक्षालयमा तालिमरत १३ जना सेनाका जवानमा कोरोना संक्रमण पुष्ट भइसकेको छ ।