एकैदिन ५१ जना कोरोनामुक्त


एकैदिन ५१ जना कोरोनामुक्त

File Photo

नेपालगन्ज : बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट ५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन् । आइसोलेसन अवधि पूरागरि यी कोरोना संक्रमित शुक्रबार निको भएर डिस्चार्ज भएका हुन् ।

हरितालिका तीजको बहानामा आइसोलेसन अवधि भन्दा एक दिन अगावै डिस्चार्ज गर्न लागिएको खवर बाहिरिएपछि यसको विरोध भएको थियो ।
सामाजिक सञ्जालमा चर्को विरोधपछि प्रशासनले उनीहरुलाई रातको १२ बजे डिस्चार्ज गर्ने आश्वासन दिएको थियो । तर, आफूहरु रातको १२ बजे डिस्चार्ज नहुने अडान संक्रमितले राखेपछि उनीहरुलाई विहानै डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसरी शुक्रबार कोरोनालाई जितेर फर्किनेमा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एबम ब्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल लगायतका ब्यक्ति शुक्रवार विहान डिस्चार्ज भएका छन् । ‘मापदण्ड अनुसार १४ दिन आइसोलेसन अवधि पुरा गरेका ५१ जनालाई थप ७ दिन होम आइसोलेसनमा बस्ने गरि डिस्चार्ज गरिएको छ,’ बाँकेका कोरोना फोकल पर्शन श्रेष्ठले भने ।

शुक्रबार ५१ जना डिस्चार्ज भएसगैं बाँकेमा कोरोनामुक्त हुनेको संख्या ५ सय ४७ पुगेको छ । यसअघि बाँकेमा दुई महिला सहित चार जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।