अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु


अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढि ब्यक्तिको मृत्यु भएकोछ । गत २४ घण्टामा नेपालमा एक महिला सहित १० जना पुरुष कोरोना संक्रमितको मृत्यु भएको हो ।

यसरी २४ घण्टामा मृत्यु हुनेहरु काठमाडौं सहित ११ जिल्लाका संक्रमितहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा १/१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि गत मङ्गलबार ७ जनाको ज्यान गएको थियो । भने हिजो बिहिबार ६ जना संक्रमितको मृत्यु भएको थियो । आज थपिएका ११ जनासहित नेपालमा कोरोना संक्रमितमध्ये १ सय ३७ जनाको मृत्यु भएको छ ।