बाँकेको कोरोना अपडेट

कोहलपुरका ५ सहित ११ जनामा कोरोना संक्रमण


कोहलपुरका ५ सहित ११ जनामा कोरोना संक्रमण

नेपालगन्ज : बाँकेमा थप १० जनामा कोरो भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परिक्षणमा यी ब्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको ३५० नमुना परीक्षण गर्दा बाँकेको कोहलपुरका ५ जना, नेपालगन्जका ३ जना, जानकी गाउँपालिकाका २ जना र मधुवन नगरपालिका बर्दियाका १ जनामा कोरोा भाइरस संक्रमण देखिएकोछ ।

संक्रमित हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका ४ जना र वडा नम्बर १२ का एक जना रहेकाछन । जसमध्ये वडा नम्बर ४ का वडा नम्बर ११ का २६ वर्षिय महिला, २८ वर्षिय महिला, ३१ वर्षिय पुरुष र ४ वर्षिय बालक तथा वडा नम्बर १२ का २८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकोछ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ५५ वर्षिय पुरुष, वडा नम्बर–२ का २५ वर्षिय पुरुष र वडा नम्बर १० का ३३ वर्षिय महिलामा कोरोना संक्रमण पाइएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरि बाँके जानकी गाउँपालिका वडा नम्बर– ३ का दुई जनामा कोरोना संक्रमण देखिएकोछ । संक्रमित हुनेमा वडा नम्बर ३ का १३ वर्षिय बालक र २८ वर्षिय एक युवा रहेकाछन् ।

यस्तै वडा नम्बर नखुलेको बर्दिया मधुवन नगरपालिकाका ५२ वर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पाइएको हो ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाको रिपोर्ट अनुसार ३१ हजार २ सय ३९ नमुना परीक्षणका लागि संकलन गरिएको छ । भने ३१ हजार १ सय नमुना परीक्षण भइसकेकोछ । जसबाट कुल १ हजार ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेकोछ । हालसम्म बाँकेमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेकोछ । शनिबार बेलुका सार्वजनिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका आधारमा देशभरबाट १४६ जना ब्यक्तिको मृत्यु भइसकेकोछ ।