कोरोना अपडेट

थप ६३४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १४६ पुग्यो


थप ६३४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १४६ पुग्यो

नेपालगन्ज : नेपालमा थप ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बोल्दै शनिबार देशभर ६ सय ३४ जना ब्यक्तिमा कोरोना भाइरस पाइएको बताए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ जना पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएकाछन् । योसहित नेपालमा हालसम्म १८ हजार ३ सय ५० उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ११ जना संक्रिमतको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको छ ।