प्रदेश पाँच : कोरोनाबाट मृत्यु अपडेट

कोरोनाबाट बाँकेमा सबैभन्दा बढि मृत्यु


कोरोनाबाट बाँकेमा सबैभन्दा बढि मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच प्रदेश पाँचको बाँकेमा सबैभन्दा बढि ब्यक्तिको मृत्यु भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमणबाट प्रदेश ५ मा २१ जनाको मृत्यु भइसकेको छ । आईतबारसम्म संक्रमण पुष्टि भएको प्रदेशका आधारमा प्रदेश नम्बर ५ दोस्रो स्थानमा रहेको छ ।

मन्त्रालयका अनुसार यहाँ संक्रमण पुष्टि भएकामध्ये २१ जनाको मृत्यु भइसकेको छ । प्रदेश पाँचका १२ जिल्लामध्ये ११ जिल्लामा कोभिड–१९ का २१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेखछ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रदेश ५ को बाँकेमा सबैभन्दा धेरै ४ जनाको मृत्यु भएको छ । कपिलवस्तुमा हालसम्म २ जनाको मृत्यु भएको छ भने अर्घाखाँची र गुल्मीमा ३/३ जनाको मृत्यु भएको छ । रुपन्देही र दाङमा २/२ जनाको मृत्यु भएको छ भने प्युठान, बर्दिया, नवलपरासी पश्चिम र, रोल्पामा १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै प्रदेशमा सबैभन्दा कम संक्रमण पुष्टि भएको जिल्ला रुकुम पूर्व हो । यहाँ २४ जनामा संक्रमण पुष्टि भएकोमा २२ जना निको भइसकेका छन् भने २ जनामात्र उपचारका क्रममा छन् । हालसम्म यहाँ कसैको पनि मृत्यु भएको छैन ।