नेपालगन्ज : नेपालमा थप ८ सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय १८ संक्रमित थपिएका हुन् । जसमा ५ सय ९८ पुरुष र २ सय २० महिला रहेका छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसन तथा अस्पतालबाट २ सय ८१ जना डिस्चार्ज भएका छन् । योसगैं हालसम्म १८ हजार ६ सय ३१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९ प्रतिशत रहेको छ । भने आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ८ हजार २६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४ हजार ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । उनीहरु झापा, पर्सा र सर्लाहीका १/१ जना हुन् । योसगैं नेपालमा हालसम्म १ सय ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यस्तै देशभरका संस्थागत आइसोलेसनमा ९ हजार २ सय १२ जना र होम आइसोलेसनमा ३ हजार ९ सय ४३ रहेका छन् । आजसम्म देशभर ११ हजार ४ सय १४ जना क्वारेन्टिनमा रहेका छन् ।