नेपालगन्ज : बाँकेमा आईतबार थप ८ जनामा कोरोना भाईरस संक्रमण भेटिएकोछ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस शेर गर्दै बाँकेमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पाइएको पुष्टि गरेकाछन् ।
उनका अनुसार आज कोरोना संक्रमण देखिनेमा नेपालगन्जका –५, कोहलपुरका– २ र नरैनापुर गाउँपालिकामा १ जना गरि आठ जना ब्यक्तिमा कोरोना संक्रमण भएको पाइएकोछ ।
पछिल्लो पटक बाँकेमा कोहलपुर र नेपालगन्जमा दिनहुँ कोरोना संक्रमित भेटिरहेकाछन् । तर, यसबीच कोरोना संक्रमण शून्य बनेको बाँकेको नरैनापुर गाउँपालिकामा लामो समयपछि एकजना कोरोना संक्रमित भेटिएकाछन् ।
नरैनापुर कुनैबेला ठूलै मात्रामा कोरोना संक्रमित भेटिएपछि कोरोनाको हट स्पट बनेको थियो । हालसम्म बाँके जिल्लामा नेपालगन्जका एक जना बृद्ध, नरैनापुरका एक जना पुरुष, कोहलपुरकी एक जना बृद्धा र बैजनाथ गाउँपालिकाकी एक महिला गरि ४ जनाको मृत्यु भइसकेकोछ ।