बाँकेको कोरोना अपडेट

२ सय स्वाब परीक्षण गर्दा बाँकेका थप ४ जनामा कोरोना


२ सय स्वाब परीक्षण गर्दा बाँकेका थप ४ जनामा कोरोना

नेपालगन्ज : बाँकेमा थप ४ जनामा कोरोना संक्रम देखिएकोछ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणमा यी ब्यक्तिमा कोरोना देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाले पछिल्लो २४ घण्टामा गरिएको स्वाब परीक्षणको नतिजा सार्वजनिक गर्दै बाँकेमा थप ४ जनामा कोरोना भाइरस पाइएको पुष्टि गरेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

सोमबार संक्रमित देखिनेमा बाँकेको कोहलपुरका–२ जना, नेपालगन्जका एक र ठेगाना नखुलेका बाँकेका एक ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।
संक्रमित हुनेहरु बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ का २ जना पुरुष रहेकाछन् । जसमा वडा नम्बर ११ का १८ र २७ वर्षिय पुरुष संक्रमित भएकाछन् । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ४९ वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।

त्यसैगरी ठेगाना नखुलेको बाँकेका ४३ वर्षिय महिलामा कोरोना पुष्टि भएकोछ । हालसम्म भेरी अस्पताल नेपालगन्जमा प्राप्त स्वाब ३१ हजार ६ सय ३५ मध्ये ३१ हजार ४ सय ४६ परीक्षण भइसकेको छ । जसबाट एक हजार ३ सय ९० संक्रमित फेला परेका छन् । भने पछिल्लो समय २ सय स्वाब नमुना परीक्षण गर्दा जम्मा ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।