नेपालमा कोरोना भ्याक्सिन परीक्षण हुने, मन्त्रालयले दियो स्विकृति


नेपालमा कोरोना भ्याक्सिन परीक्षण हुने, मन्त्रालयले दियो स्विकृति

File Photo

नेपालगन्ज : नेपालमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन परीक्षण हुने भएकोछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो । योसगैं नेपालमा चीन, रशिया र युकेले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण हुनेछ ।

परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीका अनुसार चीन, रशिया र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि थर्ड फेज क्लिनिकल ट्रायल हुने भएको हो । उनले यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेकोले छिटै परीक्षणमा जाने बताए । 

‘भ्याक्सिनको नेपालमा पनि थर्ड फेज परीक्षण गर्न कम्पनीहरु ईच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने परीक्षणका बेला अनुसन्धानमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तयार पारेको स्वास्थ्य सम्बन्धि रिसर्च प्रोटोकल र गाइडलाईन, नीतिनियम बमोजिम बिरामीलाई औषधी चलाउनुपर्ने हुन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

परिषद्का सदस्य सचिव डाक्टर ज्ञवालीले अगाडी थपे–‘यसअवधिमा विरामीको सम्पूर्ण क्लिनिकल रेकर्ड, औषधिप्रतिको असर तथा औषधीको रेकर्ड दुरुस्तै राखी नेपाल स्वास्थ्य परिषद् तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दैनिक एबम साप्ताहिकरुपमा विवरण पठाउनुपर्ने हुन्छ ।’