नेपालगन्ज : नेपालमा सोमबार थप ७ सय ४३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन् । योसहित हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । जसमा २ सय ४६ महिला र ४ सय ९७ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको डाक्टर गौतमले बताए । यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ । भने सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८ मृतकमा कोरोना पुष्टि भएको छ । यसरी मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएकोछ । यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख १० हजार ४६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यस्तै मन्त्रालयका अनुसार देशभरका संस्थागत आइसोलेसन ९ हजार १ सय ५४ जना र होम आइसोलेसनमा ४ हजार ५ सय ६१ रहेका छन् । आजसम्म देशभर ११ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् ।