नेपालगन्ज : बाँकेका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणमा बाँकेका ९ जना सहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो ।
बाँकेमा मङ्गलबार थपिनेमा नेपालगन्ज उपमहानगरपालिकाका ५ जना, एभरेष्ट बैंक नेपालगन्जका २ जना, भेरी अस्पतालका एक जना र एक जना वडा प्रहरी कार्यालयका प्रहरी संक्रमित थपिएकाछन् ।
यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिकाका ४ जना, राजापुरका १ जना र बढैया तालका एक जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा ४ सय स्वाब परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षिय पुरुष, वडा नम्बर ४ का १९ वर्षिय एक युवती, ३७ वर्षिय महिला र ६५ वर्षिय एक पुरुष र वडा नम्बर ९ का ३३ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएकोछ ।
यस्तै एभरेष्ट बैंक नेपालगन्जका ४६ वर्षिय र ३४ वर्षिय पुरुषमा कोरोना देखिएकोछ । भेरी अस्पतालका ३९ वर्षिय एक पुरुष र वडा प्रहरी कार्यालय नेपालगन्ज ५१ वर्षिय पुरुषमा कोरोना देखिएको भेरी अस्पताल नेपालगन्जद्वारा सूचनामा उल्लेखछ ।
यस्तै बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का ४ वर्षिय एक बालक, २८ वर्षिय महिला,२७ वर्षिय पुरुष र ४२ वर्षिय एक महिलामा कोरोना भाइरस संक्रमण देखिएकाछ ।
त्यसैगरी बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ८ का २४ वर्षिय एक पुरुष र राजापुर नगरपालिका वडा नम्बर ४ का ५ वर्षिय बालकमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालमा हालसम्म ३२ हजार ३ सय ११ स्वाब परीक्षणका लागि संकलन गरिएको छ । जसमध्ये ३१ हजार ९ सय ५० स्वाब परीक्षण गरिदाँ १ हजार ४ सय ५ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ ।