८५५ थपिदाँ उपत्यकामा २३२ कोरोना संक्रमित भेटिए


८५५ थपिदाँ उपत्यकामा २३२ कोरोना संक्रमित भेटिए

नेपालगन्ज : मंगलबार देशभर ८५५ नयाँ संक्रमित थपिदाँ काठमाण्डौं उपत्यकामा २३२ जना कोरोना संक्रमित भेटिएका छन् । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ ।

काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

त्यसैगरि, काठमाडौंमा २ हजार ९ सय ५५, ललितपुरको ४ सय ६३ र भक्तपुरमा ३ सय संक्रमित पुगेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर हालसम्म ३३ हजार हजार ५ सय ३३ पुगेको छ । २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएसँगै १९ हजार १ सय १९ जना संक्रमणमुक्त भएका छन् ।