नेपालगन्ज : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ ।
यसबीच पछिल्ला २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए । यीसहित हालसम्म १९ हजार १ सय १९ जना कोरोनाबाट निको भएका छन् ।
विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसिआर परीक्षण गरिएको थियो । नेपालमा हालसम्म १ सय ६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।