अब नर्सिङ् पढ्न नपाइने


सेतोखरी सेतोखरी   मंगलबार, भदौ ९, २०७७
अब नर्सिङ् पढ्न नपाइने


काठमाडौं : यस बर्षदेखि पिसिएल नर्सिङ् पढ्न नपाइएने भएको छ । त्रिभूवन विश्वविद्यालयले संचालन गर्दै आएको पिसिएल नर्सिङ् विषयमा यो वर्षदेखि भर्ना लिन समेत पाइने छैन । राष्ट्रिय चिकित्साशिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) ले पिसिएल नर्सिङ खारेज गरेको हो ।

राष्ट्रिय चिकित्साशिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत स्वास्थ्य विषयका सबै प्राविधिक कार्यक्रम खारेज गरेको छ । उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले साउन ३० गते बसेको आयोगको बैठकले प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गरेको जानकारी दिए ।

यो निर्णयपछि पिसिएल नर्सिङ्, अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन पनि खारेज भएको छ ।

चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार, प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम यसै शैक्षिक सत्रबाट बन्द गर्ने निर्णय भएको उपाध्यक्ष गिरी जानकारी दिए । उनले यो खारेज व्यवस्था ऐनमा नै रहेको र आफुहरुले सो व्यवस्थाको कार्यान्वयन गर्न खोजेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

पहिला विद्यार्थीहरु कम रहेकोले खारेज गर्नु नपरेको तर अहिले विद्यार्थी वृद्धि भएकाले प्राविधिक एसएलसी सरहको कार्यक्रम बन्द गर्ने निर्णय गरेको गिरीले बताए ।