नेपालगन्ज : कोरोनाका कारण जताततै लकडाउन चलिरहेका बेला जिल्लामा रगतको अभाव नहोस भनेर बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बुधबार जिल्ला प्रशासन कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरे ।
विहान ९ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम साढे १२ बजेसम्म पनि जारी रहेको थियो ।

कर्मचारी मिलन केन्द्रको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा निजामती कर्मचारी प्रायजसो सबै उपस्थित रहेका थिए ।
बाँकेका प्रजिअ कुरुम्वाङ्गले लकडाउनका बेला रक्त सञ्चार केन्द्रमा रगत अभावको सामाना गर्नुपरेकोले त्यो हुन नदिन रक्तदानको आयोजना गरिएको जानकारी दिए ।