देशभर ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो


देशभर ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

नेपालगन्ज : नेपालगन्जका ३७ वर्षिय पुरुषसहित देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टायता नेपालगन्जका १ जना सहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ७५ पुगेको छ ।

देशभरका ७ वटा जिल्लाका २ महिला र ९ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमध्ये एकैदिन महोत्तरीमा मात्र तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।

यस्तै मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाराका ४१ र ३६ वर्षीय पुरुष, र काठमाडौंका ५१ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि यतिबेला नेपालमा मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।